२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हुम्लामा टेलिकमको टावरले काम नगर्दा दुई वडा सञ्चारविहीन

ADV
ओबराज शाही
२०८१ साउन २५ गते २१:१७
हुम्लामा टेलिकमको टावरले काम नगर्दा दुई वडा सञ्चारविहीन

हुम्ला : एक सातादेखि नेपाल टेलिकमको टावरले काम नगर्दा हुम्लाका दुई वडा सञ्चारविहीन भएको छ । टेलिकमको टावर गाउँ नजिकै भएपनि सेवा विहीन हुँदा टावर सजावटका लागि मात्रै राखेको जस्तो भएको  स्थानीयले बताएका छन् । 

टावरले काम नगर्दा अति आवश्यक काम पनि रोकिँदै आएको र खार्पुनाथ गाउँपालिका वडा २ थाली र वडा ३ राया गाउँका बासिन्दा सञ्चार विहीन भएका छन् ।

करिब एक हप्तादेखि टावर आउने जाने, फोन  लागेपनि कुरा नबुझ्ने हुँदै आएको भएपनि गत मंगलबारदेखि टावर नै नभएको थाली स्वास्थ्य चौकी इन्चार्ज वीरसिंह रावलले बताए । 

टेलिकमको टावर नहुँदा वर्षातको समयमा कुनै दुर्घटना भइहालेपनि थाहा नहुने अवस्था आएको रावलले बताए । 

टेलिकमको टावर राया गाउँको गुम्बा धाराको डाडाँमा राखिएको छ । टावरले काम नदिनुको कारण विद्युतको पहुँच बाहिर र सोलरका व्याट्री पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको छ । 

टावरले काम नगर्दा जिल्ला बाहिर भएका घरपरिवारसँग सन्चो विसन्चोका कुरा मात्र नभएर गाउँ तथा जिल्ला बाहिर भएका आफन्त केही समस्या वा  घटना भएमा थाहा पाउन पनि मुस्किल भएको वडा नम्बर ३ का वडा सचिव चक्रर सिंहले बताए । 

सिंहका अनुसार हरेक कार्यालयका काममा पनि बाधा आएको छ । सञ्चारविहीन हुँदा अन्धकार भएको महसुस हुँदा पनि यससँग सम्बन्धित निकायले कुनै वास्तानै नगरेको देखिन्छ । दुई वडामा करिब हजार घरधुरी रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise