२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

गौरमा भीषण आगलागी, ५० लाख बढीको क्षति

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ जेठ २६ गते २०:४५
गौरमा भीषण आगलागी, ५० लाख बढीको क्षति

रौतहट : रौतहट सदरमुकाम गौरको एक हार्डवेयर पसलमा आगलागी भएको छ । गौर–५ हनुमान चोकस्थित रहेको महतो हार्डवेयरमा आगलागी हुँदा करिब ५० लाख बढीको क्षति भएको छ ।

शुक्रबार राति आगलागी हुँदा हार्डवेयर गोदाममा रहेको रंग, पेन्ट बनाउने मेसिन २ थान, ल्यापटप –२ थान, मोटर –१६ थान, सिपिभीसी फिटिङ्ग, पिभीसी फिटिङ्ग लगायत पल्मबिङ्गका सामग्री, सयौ थान रंग पेन्टका बाल्टिनसहित सहित ५० लाख मूल्य भन्दा बढीको सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट हार्डवेयरको गोदामसहित हार्डवेयर पसल र सँगै रहेको रामबाबु मोटरसाइकल वर्क सपमा आंशिक क्षति पुगेको हार्डवेयरको सञ्चालक विरेन्द्र कुशवाहाले बताए ।

उनले भने, ‘हामी सुति सकेका थियौं । स्थानीयले हो–हल्ला गर्दा आगो लागेको थाह पाए, समयमै आएको गौर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भयौं । नत्र भने भयङ्कर क्षति हुने रहेछ ।’

पसलमा एक्कासी आगलागी भएपछि केही समय भिषण रुप लिएको थियो । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगलागीका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एलिजा गिरीले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise