२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अपराध नियन्त्रणमा प्रहरी सक्रिय

Nada
रामहरि कार्की
२०८३ असार ३ गते २१:३४
Shares
अपराध नियन्त्रणमा प्रहरी सक्रिय

ललितपुर : जिल्ला प्रहरी परिसर ललितपुरले जेठ महिनाभर सञ्चालन गरेका सुरक्षा तथा अपराध नियन्त्रण अभियान प्रभावकारी देखिएको छ । एक महिनाको अवधिमा १ सय ४० वटा मुद्दा दर्ता हुनुका साथै विभिन्न अपराधमा संलग्न १ सय ४ फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ ।

ncell

ललितपुर प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराध ३१, आर्थिक अपराध ६२ र अन्य प्रकृतिका ४७ मुद्दा रहेका छन् । पक्राउ परेका प्रतिवादीविरुद्ध अदालतबाट फैसला कार्यान्वयन गराउँदा ८ वर्ष २ महिना ८ दिन कैद र करिब १५ लाख जरिवाना र २ करोड ११ लाख ३९ हजार बिगो तथा क्षतिपूर्ति असुल गरिएको ललितपुर प्रहरीका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

अपराध अनुसन्धानसँगै समुदायको सुरक्षामा पनि प्रहरीले सक्रियता बढाएको देखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४५ उजुरी दर्ता भएकामध्ये अधिकांश पीडित १८ वर्षभन्दा माथिका रहेको मिश्रको भनाई छ । हराएका १६ महिलामध्ये १३ जनालाई फेला पार्न पनि प्रहरी सफल भएको छ ।

यस अवधिमा लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, फरार अभियुक्त खोजी तथा साइबर अपराध नियन्त्रणका क्षेत्रमा समेत विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न सचेतनामूलक कार्यक्रममार्फत विद्यालय, समुदाय र स्थानीय तहसँग समन्वय गर्दै सुरक्षा सचेतना अभिवृद्धि गरिएको छ ।

प्रहरीका अनुसार नागरिकमैत्री सेवा, प्रविधिमैत्री अनुसन्धान र समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको कार्यलाई थप प्रभावकारी बनाइनेछ ।

सम्बन्धित खबर