२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

पोखरियामा योग शिविर

Nada
लालबाबु बानिया
२०८३ असार ४ गते २२:०५
Shares
पोखरियामा योग शिविर

पर्सा : अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा पर्साको पोखरिया नगरपालिकामा भव्य योग शिविर सम्पन्न भएको छ । पोखरिया नगरपालिका र आयुर्वेद औषधालय रानीगंजको आयोजनामा तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको सहकार्यमा बिहीबार पोखरिया नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको जिल्ला उचाङल रामदेव कलवार उच माबीको खेल मैदानमा कार्यक्रम सम्पन्न भएको हो । 

ncell

कार्यक्रममा योगलाई केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधारका रूपमा व्याख्या गरिएको थियो । वक्ताहरूले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आगामी दिनमा पनि स्वास्थ्य प्रवर्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै योगमार्फत स्वस्थ समाज निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरिएको थियो । 

कार्यक्रममा प्रशिक्षक आयुर्वेद औषधालयका प्रमुख कबिराज धिरेन्द्र कुमार सिंहले सहभागीहरूलाई विभिन्न योगासन तथा प्राणायाम अभ्यास गराएका थिए । उनले योगको महत्व, मानसिक शान्ति, शारीरिक तन्दुरुस्ती तथा स्वस्थ जीवनशैलीका विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए ।

स्थानीयवासीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले योगप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ र सकारात्मक समाज निर्माणको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर