
काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सद्गुरुको मार्गदर्शनमा तयार पारिएको ध्यान गर्ने एप 'मिराकल अफ माइन्ड' अब नेपाली भाषामा उपलब्ध हुने भएको छ । बालुवाटारस्थित टि२१ प्यालेसमा आयोजना हुने एक विशेष कार्यक्रममा यसको औपचारिक शुभारम्भ गरिनेछ ।
ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा तयार पारिएको यो एपले मानिसहरूलाई नियमित ध्यान अभ्यासमा स्थापित गराउन मद्दत गर्दछ । हाल विश्वभर करिब १.२ अर्ब र नेपालमा मात्रै करिब ३९ लाख वयस्कहरू मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेको सन्दर्भमा यो एप निकै सान्दर्भिक देखिएको छ । एपमा ७ मिनेटको सरल ध्यान उपलब्ध छ, जसले मानसिक शान्ति र एकाग्रता बढाउन सहयोग पुऱ्याउँछ ।
यो एपले सार्वजनिक भएको सुरुवाती १५ घण्टामै १० लाख डाउनलोडको आँकडा पार गरेर च्याटजिपिटीको रेकर्ड समेत तोडिसकेको छ । विश्वका २० भन्दा बढी राष्ट्रहरूमा ट्रेन्डिङमा पर्न सफल यो शक्तिशाली ध्यान एप अब नेपाली प्रयोगकर्ताहरूका लागि आफ्नै भाषामा निःशुल्क उपलब्ध हुनेछ ।