२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विद्यालय बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० घाइते

Nada
२०८३ असार ६ गते २१:५२
Shares
विद्यालय बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ३० घाइते

उदयपुर : उदयपुरमा महोत्तरीबाट आउँदै गरेको  विद्यालयको बस शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका ३० जना घाइते भएका छन् । 

ncell

शनिबार बिहान उदयपुरगढी गाउँपालिका ७ जोगिटोलस्थित सडकमा महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको दिप एजुकेशन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नं.को बस आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

प्रहरीको अनुसार दुर्घटनास्थलमा अप्रपोष्ट संगमचोक उदयपुरबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिइ घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको थियो ।

सो क्रममा उपचारकै क्रममा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेलाई  थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । अन्य निम्न घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बस चालक जिल्ला महोत्तरी गौशाला नगरपालिका १० बस्ने वर्ष अन्दाजी २८ को जीवन आले सकुशल रही अप्रपोष्ट संगमचोकको नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

मृत्यु हुनेमा बर्दिबास नगरपालिका बस्ने अन्दाजी ५५ वर्षका विमलेश दत्त रहेका छन् । न्यूरो अस्पताल विराटनगर रिफर गरिएका घाइतेहरूमा महोत्तरी, गौशाला नगरपालिका २ बस्ने अन्दाजी वर्ष ३८ की रसिला कुमारी चौधरी र छोरा वर्ष अन्दाजी  १२ वर्षीय सन्देश कुमार चौधरी समेत रहेका छन् । 

अन्य घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर