२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तिज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक (भिडियोसहित)

ADV
मध्यान्ह
२०८१ साउन २६ गते १६:१८
तिज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिदै गर्दा तिज गीत सार्वजनिक गर्ने क्रमको प्रतिस्पर्धा नै चलेको छ । यस्तैमा नायिकाहरु शर्मिला मल्ल, अन्जली अधिकारी र एलिशा शर्मा अभिनित तिज गीत ‘नाच्ने हो हिल भाँच्ने गरी’को भिडियो सार्वजनिक भएको छ । तीन दिन अगाडि सार्वजनिक गीतको भिडियोले सन्तोषजनक भ्युज बटुलिरहेको छ ।

गीतकार डीपी खनालको शब्दरचना, शंकर थापा ‘स्माइल’को संगीत र गायिका निता आचार्यको स्वर रहेको यस मौलिक तिज गीतमा गत वर्ष तिज पर्व मनाउन नपाएकोले यसपाली सबै मिलेर तिजलाई रमाइलो गरी मनाऔं भन्ने भाव प्रस्तुत गरिएको छ । केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

विषम आचार्यको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई गायिका निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise