२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ साउन २६ गते १८:३६
म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक

काठमाडौं : वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित ‘प्याकुली’ नामक म्युजिकल फिल्म सार्वजनिक भएको छ । काठमाडौंको सिटिसी मलस्थित वन सिनेमा हलमा शनिबार आयोजित समारोहमा म्युजिकल गीति फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय रहेको छ । आरआर (रामहरि) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर रहेको छ । शिशिर गरूङले निर्माण गरेको भिडियोलाई उत्सव पौडेलले खिचेका हुन् भने दिनेश पराजुलीले सम्पादन गरेका हुन् । 

समाजको कथालाई आफै भोगेर शब्दमा उतारेका आरआर खड्काले म्युजिक भिडियोका मुख्य चरित्र निभाएका छन् । ‘गाउँ समाजमा घटिरहेको घटनालाई शब्दमा उतारेका छौं । अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन् । कही सत्य घटना पनि होलान । तर अरूका कुरा सुनेर कुनै कदम नचाल्नुस् । श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं । यो गीतको यही सन्देश हो,’ उनले भने । 

खड्काले यो घरघरको कथा भएको बताए । ‘अधिकांश मान्छे विदेशमा छ । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै अफ्ठेरो छ । मैलै गाउँमै भोगेको कथा हो । समाजप्रति दायित्व लागेर यो निर्माण गरेका हौं । मनोरञ्जनमात्र होइन सन्देश पनि दिउ भन्ने मुख्य ध्येय हो,’ उनले स्पष्ट पारे । 

गीतको भिडियोमा अभिनय गरेकी तलिशा गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्रको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताइन् । ‘प्याकुली एक वर्षपछि रिलिज भयो । राम्रो भिडियो आएको छ । भिडियो हेर्दा म नै होइन जस्तो लाग्यो । गाउँको गृहणी जस्तो महसुस भयो । अब मूल्यांकन गर्ने स्रोत दर्शकको कुरा हो । वास्तविकता भन्दा कुरा सुनेको भरमा सम्बन्धहरू ब्रिगिरहेको हुन्छ । यो घरघरको कथा हो,’ उनले भनिन् ।

कलाकार महेश खड्काले प्याकुलीमा जोडिन पाउँदा आफ्नो कामलाई फरक पाएको बताए । दुःख पाएको युवाको क्यारेक्टरमा प्रस्तुत गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । 

गायक बाबुल गिरीले यो अहिलेसम्मकै फरक खालको उत्कृष्ट गीत भएको बताए । समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलिरहेको भन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट भएको बताइन् । ञगीत आफैमा राम्रो बनेको छ । प्रशंसा गर्नै पर्दैन । मिठो बनेको छ । साथीहरूसहित हामी सबै रोइरहेका थियौं । बाकसमा लास आउने तथा अन्य दृश्यले दशैंको माहोल फिल भयो । चलिरहेको भन्दा अलि फरक गीत बनेको छ । मन छोयो । दशर्कले पनि स्वतः मन पराउनु हुनेछ । यस्तो राम्रो गीत बनिरहोस्,’ उनले भनिन् । 

गीत सार्वजनिक समारोहमा दिपाश्री निरौला, शिवहरि पौडेल, गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउवालगायत कला क्षेत्रका निर्माता, निर्देशकको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise