
काठमाडौं : वरिष्ठ पत्रकार तथा सहप्राध्यापक डा. उद्धव पुरीलाई मातृशोक परेको छ ।
नेपालको इतिहास, संस्कृति, र पर्यटन विषयका लेखकसमेत रहेका डा. पुरीकी आमा धनकुमारी पुरीको ९४ वर्षको उमेरमा निधन भएको हो ।
वि.सं. १९९० जेठ २८ गते जन्मिएकी पुरीको गत असार ६ गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. पुरीका १ छोरी र १ छोरा रहेका छन् ।