२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चितवनकी सुनिता बनिन् मिसेस ग्लोबल

Nada
२०८१ साउन २७ गते १३:२९
Shares
चितवनकी सुनिता बनिन् मिसेस ग्लोबल

काठमाडौं : यस वर्षको मिसेस ग्लोबल नेपाल २०२४ को ताज चितवनकी फेसन डिजाइनर सुनिता भुजेलले पहिरिन सफल भएकी छन् । ताजसँगै उनले एन.एफ.इ.ए. २०२५ आवार्ड जापान जाने इन्ट्री प्याकेजसमेत पाएकी छन् । शनिबार अपराह्न राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्मपन्न सो कार्यक्रममा सुष्मा लामा गुरुङ फस्ट रनरअप तथा रोजी महर्जन सेकेन्ड रनरअप घोषित भए ।

ncell

हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न सो विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगीता सिरिजको सातौं संस्करण हो । अन्तर्राष्ट्रिय अवार्ड विजेता तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा दर्जन बढी प्रतियोगीहरुले करिब तीन सातासम्म व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, फोटोसुट, बोद्धिकता अभिवृद्धि, आत्मविश्वास अभिवृद्धिलगायतका विषयमा तालिम लिएका थिए ।

निकै आकर्षक पहिरनका विविध संस्करणहरुमा प्रतियोगीहरुले परिचयात्मक, पोशाक प्रदर्शनी, उतकृष्ट दश, उत्कृष्ट पाँचको प्रश्नोत्तर चरण पार गरेका थिए । कोरियोग्राफर हिमानी आफैंसमेत निकै जोशिलो मुद्रामा र्‍याम्पमा उत्रिएकी थिइन् । कार्यक्रममा कलाकारहरुको बेजोड नृत्य आर्कषक ढंगमा प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा विविध सबटाइटल अवार्डहरु समेत वितरण गरिएको थियो । जसमा विजेता सुनिता मस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रेस, उपविजेताहरु सुष्मा मस्ट एट्राक्टिम र रोजी मस्ट कन्फिडेन्टको उपाधि हात पार्न सफल भए । त्यसैगरी अन्यतर्फ मस्ट ग्रोसफुल सन्जु मगर, मस्ट इलिगेन्ट सिर्जना तावा, मस्ट स्मार्ट मोनिका प्रधान, मस्ट चार्मिङ रजनी शाही, मस्ट डिलिजेन्ट लमु शेपा, मस्ट डाइनामिक पूजा थापा बखती, मस्ट डेडिकेट पूजा लामा, मस्ट प्यासोनेट विमला मगराती, बेस्ट फोटोजेनिक विद्या थापा पोखरेल, बेस्ट पर्सनालिटी सम्झना नेपाली, पब्लिक च्वाइस भिडियो विद्याा थापा पोखरेल र मस्ट पपुलर सिर्जना तावा हुन सफल भए ।

कार्यक्रमको निर्यायक मण्डलमा चर्चित नायक एवम् चलचित्रकर्मी रमेश उप्रेती, मोडल, भिजे एवम् बैंकर शुभ आर्चाय, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ, मिसेस क्यापिटल क्विन नेपाल–२०२३ लक्ष्मी भुसाल  र मिसेस नोबेल नेपाल २०२३ एवम् फेसन डिजाइनर सिरोसा सापकोटा रहेका थिए भने कार्यक्रमको सञ्चालन रोजिन शाक्यले गरेका थिए । विवाहित महिलाहरुको क्षमता प्रतिभा अभिवृद्धिका लागि सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर