२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘मृत्युकोश’को शीर्ष गीत अमेरिकामा रेकर्ड

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १९:११
‘मृत्युकोश’को शीर्ष गीत अमेरिकामा रेकर्ड

काठमाडौं : चलचित्र ‘मृत्युकोश’को ‘बेवारिसे हुनुपर्ने लासै हुँदा पनि’ बोलको शीर्ष गीतको रेकर्डिङ सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाइट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्डिङ भएको चलचित्रकी निर्माता कमला जोशीले जानकारी दिइन् ।

प्रा.डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा रुद्र शेखर शर्माले स्वर दिएका छन् । इरा प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘मृत्युकोश’का लेखक, निर्देशक माधवराज खरेल हुन् ।

चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेललगायतको अभिनय छ । चलचित्रको शीर्ष गीत ‘बेवारिसे हुनुपर्ने लासै हुँदा पनि’ गीतको संगीत संयोजन राजेन्द्र बजगाईंले गरेका हुन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise