२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिरहामा पानीको खाल्डोमा डुबेर तीन बालबालिकाको मृत्यु

Nada
मुकेश यादव
२०८३ असार २८ गते १९:१६
Shares
सिरहामा पानीको खाल्डोमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहा : सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा जमेको पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । यस घटनाले सार्वजनिक स्थलमा रहेका असुरक्षित संरचनाले बालबालिकाको सुरक्षामा कति ठूलो जोखिम निम्त्याउँछन् भन्ने प्रश्न पुनः उठाएको छ ।

ncell

मृतक बालबालिकाका पिता अवास शेख रौतहट जिल्लाको जिगरवाका स्थायी बासिन्दा हुन् । उनी करिब ३० वर्षदेखि गोलबजार–७ मा बसोबास गर्दै आएका थिए । घर भाडामा लिएर कवाडी सामग्री संकलन गर्दै परिवार चलाउँदै आएका उनका पाँच सन्तानमध्ये तीन जनाको एकै दिन मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे तीनै जना बालबालिका घरबाट खेल्न निस्किएका थिए । खेल्दै जाँदा उनीहरू पशु हाटबजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा पुगेका थिए । प्रारम्भिक अनुसन्धानअनुसार नुहाउने क्रममा उनीहरू डुबेका हुन् । उक्त खाल्डो पशुहरूलाई पानी खुवाउन बनाइएको बताइएको छ ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन् ।

घटनाले सार्वजनिक स्थलमा रहेका जोखिमपूर्ण खाल्डा तथा संरचनाहरूको सुरक्षाबारे गम्भीर बहस सुरु गराएको छ । स्थानीयवासीले यस्ता स्थानहरू तत्काल सुरक्षित बनाउन, घेराबार गर्न र चेतावनी संकेत राख्न सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर