२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पेरिस ओलम्पिक : चीनलाई पछि पार्दै अमेरिका पहिलो

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १२:२४
पेरिस ओलम्पिक : चीनलाई पछि पार्दै अमेरिका पहिलो

पेरिस : पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ । ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।

आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, जापान, अष्ट्रेलिया, फ्रान्स, नेदरल्याण्ड्स, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ कास्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ । 

पदक तालिकामा छैटौँ स्थानमा रहेको नेदरल्याण्ड्सले १५ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३४ पदक जितेको छ भने बेलायतले १४ स्वर्ण, २२ रजत र २९ कास्यसहित ६५ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको दक्षिण कोरियाले १३ स्वर्ण, नौ रजत र १० कास्यसहित कुल ३२ पदक जितेको छ भने १२ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ४० पदक जित्दै इटाली नवौँ स्थानमा छ । जर्मनी १२ स्वर्ण, १३ रजत र ८ कास्यसहित कुल ३३ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise