२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मिस युनिभर्स नेपाल : शीर्ष २५ को स्यास सेरेमोनी सम्पन्न

Nada
२०८१ साउन २८ गते १५:१६
Shares
मिस युनिभर्स नेपाल : शीर्ष २५ को स्यास सेरेमोनी सम्पन्न

काठमाडौं : मिस युनिभर्स नेपाल २०२४ को आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले आइतबार हिल्टन काठमाडौंमा शीर्ष २५ प्रतियोगीहरुको स्यास सेरेमोनी सम्पन्न गरेको छ । प्रारम्भिक चरणबाट छनोट भएका ६० प्रतियोगीहरूमध्ये २५ जना प्रतियोगीलाई मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरी र कोरियोग्राफर दिक्पाल कार्किले स्यास वितरण गरेका हुन् । 

ncell

मिस युनिभर्स नेपाल २०२४ मा बोल्न र सुन्न नसक्ने प्रतियोगी सुजल बमको पनि सहभागिता रहेको छ । त्यस्तै ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय नेपाली महिला, डाक्टर, इन्जिनियर र पाइलटलगायत विभिन्न पेशाका महिलाहरूको उत्साहजनक र समावेशी सहभागिता रहेको छ ।

कार्यक्रममा प्रतियोगी सम्पदा घिमिरेलाई नम्बर १, छोतेन फुन्ट्सोलाई नम्बर २, श्रीयंका थापालाई ३, अनुष्का वस्तीलाई ४, सुजल बमलाई ५, नेहा चौधरीलाई ६, मनिषा परियारलाई  ७, स्मृति सिंहलाई ८, एलिना गुरुङलाई ९, रेनाता कट्टेललाई १०, तुलसा नेपाललाई ११, नियुक्ती अर्जाललाई १२, ऋतिषा मानन्धरलाई १३ नम्बरको स्यास वितरण गरिएको छ । त्यसै गरी पूजा बाँस्तोलालाई १४, खुसी दत्तराजलाई १५, आयुषा कार्कीलाई १६, अस्मि ढकाललाई १७, शिवानी कर्णलाई १८, गजल कर्णलाई १९, करेन मुर्रेलाई २०, संयुक्ता मल्ललाई २१, अक्षिता चेट्टीलाई २२, नितु पुनलाई २३, ताशी गुरुङलाई २४, समृद्धि केसीलाई २५ स्यास वितरण गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि निना उपाध्यायले कार्यक्रममा मिस युनिभर्सका सबै प्रतियोगीलाई कार्यक्रममा सहभागिता जनाएकोमा धन्यवाद व्यक्त गर्दै आफूले १३ वर्षको हुँदा महिला सशक्तीकरणको कुरा गर्दा जेल जानुपरेको सम्झिइन् ।

यी शीर्ष २५ प्रतिस्पर्धीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय  इमेज कन्सल्ट्यान्ट एवम् पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसलगायत अन्य राष्ट्रिय प्रशिक्षकहरुले व्यक्तित्व विकास, वाक–कला, पब्लिक स्पिकिङ, वित्तीय व्यवस्थापनलगायत विभिन्न जीवन उपयोगी सीपहरु सिकाउनेछन् ।

मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ । विजेताले नोभेम्वरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ का लागि १०० देशका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

ताजा खबर

सम्बन्धित खबर