
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ डार्ने निवासी पूर्ववडाध्यक्ष, समाजसेवी चन्द्रबहादुर केसीले इलाका प्रहरी कार्यालय बाँफिकोटलाई सोलार सहयोग गरेका छन् । नियमित विद्युत नआउँदा इप्रका बाँफिकोटमा कार्य सम्पादनमा असहज भएपछि केसीले सोलार हस्तान्तरण गरेका हुन् ।
केसीले २० हजार बराबरको सोलार इप्रका बाँफिकोटका इन्चार्ज गणेश बिकलाई हस्तान्तरण गरे ।
समाजसेवी केसीले यसअघि पनि विभिन्न क्षेत्रमा आवश्यक परेकाहरूलाई सहयोग गर्दै आएका छन् ।