२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गीतकार अधिकारीले ल्याए दुई मौलिक तिज गीत

ADV
किस्ना आचार्य रोशनी
२०८१ साउन २९ गते १९:२७
गीतकार अधिकारीले ल्याए दुई मौलिक तिज गीत

काठमाडौं : गीति लेखनमा २३ वर्ष बिताएका तथा ११ वर्षदेखि लगातार मौलिक तिज गीत सार्वजनिक गर्दै आएका प्रसिद्ध गीतकार लोकराज अधिकारीले यस वर्ष पनि दुई गीत सार्वजनिक गरेका छन् । तीन साता पहिले सार्वजनिक गायिका एलिना चौहानको स्वर रहेको तिज गीत ‘गम्किदे मादलु’ले यो खबर तयार पार्दासम्म दुई लाखभन्दा बढी भ्यूज पाइसकेको छ । गीतको संगीत सरोज कोइरालाले भरेका हुन् भने संगीत संयोजन पुष्कर खत्रीले गरेका हुन् । मिक्सिङ कृष्ण पुनले गरेका हुन् ।

गीतको आवाज रेकर्डिङ अस्ट्रेलियामा रहेको नेपमेलो स्टुडियोमा गरिएको हो भने बाँकी काम नेपालमा रहेको म्युजिक बैंकमा गरिएको हो । रेर्कडिष्ट समीर आचार्य र विजय बुढा हुन् । गीतको भिडियो अमेरिकामा खिचिएको हो । राजीव आचार्य र मनोज धितालले खिचेको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका हुन् । भिडियोमा कामना खरेल, सृष्टि शर्मा उप्रेती, लक्ष्मी ढुंगाना, सन्जु घिमिरे संग्रौला, रिना कार्की र भूमिका ओझालगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ । गीतको कोरियोग्राफी आशा ओझाले गरेकी हुन् ।

यसैगरी अधिकारीले लेखेको गायिका रचना रिमालको स्वर रहेको ‘जोर मादल’ बोलको अर्को तिज गीत पाँच दिनअघि सार्वजनिक भएको छ । यो गीतको लय पनि गीतकार अधिकारी आफैंले तयार गरेका हुन् । कृष्ण पुनको एरेन्ज रहेको गीतलाई साजन शाहले मिक्सिङ गरेका हुन् भने विजय बुढाले रेकर्डिङ गरेका हुन् । 

किशन रेग्मीले छायाँकन गरेको यो गीतको भिडियोमा पनि टेक्ससमा बस्ने २४ जना नेपाली चेलीबेटीहरूको अभिनय रहेको छ । जसको संयोजन राधा अधिकारीले गरेकी हुन् । भिडियोको कोरियोग्राफी प्रियंका ऐरले र सम्पादन नीराजन केसीले गरेका हुन् । सार्वजनिक भएको एक हप्ता हुनै लाग्दै यो गीतले पनि सकारात्मक प्रतिक्रियासँगै करिब लाख भ्यूज पाएको छ । 

रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेका दुवै गीतको भिडियोको निर्देशन किशन रेग्मीले गरेका हुन् । भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

२०५८ सालदेखि गीत लेखनमा सक्रिय गीतकार अधिकारीको पहिलो तिज गीत भने २०७० सालमा सार्वजनिक भएको थियो । अर्जुन पोख्रेलको संगीत, देवी घर्ती र रिता केसीको स्वरमा रहेको ‘जसो परेपर्ला’ बोलको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । भिडियोमा दीपाश्री निरौला, नन्दिता केसी, बेनिशा हमाल, रिमा विश्वकर्मा, निरु खड्काको अभिनय छ भने  निर्देशन समन अधिकारीले गरेका हुन् ।

त्यसैगरी पूर्णिमा लामाको स्वर, गोविन्द मधुर आचार्यको संगीत रहेको ‘नाच चेली तिमी त्यसै पनि राम्री’ बोलको गीतमा शिलाश्मा हमालको अभिनय रहेको छ । जसलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । ‘घन्किदे मादलु’ बोलको गीतमा मिना केसीको स्वर रहेको छ भने  संगीत अर्जुन पोख्रेलको रहेको छ । भिडियोमा मेनका थापा, इरा भट्टराई, कमला केसी र मिना केसीको अभिनय छ । यो भिडियोका निर्देशक मनिष पन्त हुन् । 

‘आमाले पकाएको दर’ बोलको अधिकारीले लेखेको अर्को तिज गीतमा स्वर कोपीला गौतम र  संगीत गोपिन्द मधुर आचार्यको छ भने गीतको भिडियोमा चाहना राना मगर र कोपिला गौतमको अभिनय रहेको छ । भिडियोलाई  स्मृति तिमल्सिनाले निर्देशन गरेकी हुन् ।

गीतकार अधिकारीको शब्द र लय रहेको ‘रे पटम भरर’ बोलको गीतमा रितु कँडेलको स्वर रहेको छ । सृष्टि खड्काले अभिनय गरेको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । ‘माइतीमा दर’ बोलको गीतमा स्वर सुजाता केसी र रोजि श्रेष्ठको छ भने संगीत सुजाता केसीले गरेकी छन् । काजिश श्रेष्ठले निर्देशन गरेको उक्त तिज गीतको भिडियोमा बिना राउत र सन्ध्या श्रेष्ठको अभिनय छ ।

त्यसैगरी ‘सलहका बगाल बारीका पाटामा’ बोलको गीतमा सुजाता केसी र रोजी श्रेष्ठको स्वर रहेको छ भने अर्जुन पोख्रेलको संगीत रहेको छ । दिपाशा बिसी, सुशीला थापाको अभिनय रहेको भिडियोलाई काजिशले नै निर्देशन गरेका हुन् । पोख्रेलकै संगीत र अधिकारीको शब्द रहेको ‘आयो तिज’ बोलको गीतमा कृष्ण काफ्ले र समीक्षा अधिकारीको स्वर रहेको छ ।  नम्रता सापकोटा, रोहविन पोख्रेल, अकेशा पोख्रेलले अभिनय गरेको भिडियोलाई तृषा केसीले निर्देशन गरेका हुन् ।

‘तिजै रमाइलो’मा रुपा चालिसे, शिला बिष्ट अलि, विपिन घिमिरे, सन्जीव अधिकारीको स्वर रहेको छ । गीतमा विपिनको संगीत छ भने लोमश शर्मा, दिपशिखा गुरुङ, लक्ष्मी गुरुङको अभिनय रहेको छ । यस भिडियोका निर्देशक दीप गुरुङ हुन् । गत वर्ष सार्वजनिक दुई गीतहरुमध्ये ‘तिजै आयो लैबरी लै’मा कोपीला गौतम र जानु कुँवरको स्वर रहेको छ भने गोविन्द मधुरको संगीत तथा अन्जली अधिकारी र टिका जैशीको अभिनय रहेको छ । यसका निर्देशक विक्रम चौहान हुन् ।

त्यसैगरी ‘नाच्ने हो बाटुली’ बोलको गीतमा मिना केसीको स्वर रहेको छ भने गोविन्दको संगीत रहेको छ । बेलायतमा बस्ने चेलीबेटीहरुको अभिनय रहेको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । गीतकार अधिकारीले मौलिकतालाई जोड दिँदै आएका छन् ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise