२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

प्रगतिशील मञ्चको कार्यसमिति आज टुंग्याइँदै

Nada
२०८३ साउन ३१ गते ०६:४०
Shares
प्रगतिशील मञ्चको कार्यसमिति आज टुंग्याइँदै

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचनको प्रक्रिया टुंग्याइने भएको छ ।

ncell

शुक्रबार साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटन भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो । मञ्चको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।

मञ्चको अध्यक्षमा वर्तमान अध्यक्ष जनक रावल, महासचिव मिलन कट्टेल, उपाध्यक्ष सरिता घले र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वतृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल ‘वैभव’को उम्मेदवारी परेको छ ।

तर संस्थापकसहित पूर्वअध्यक्ष तथा सल्लाहकारहरूले आवश्यकता र प्रभावकारिताका आधारमा सहमतिमै नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै आकांक्षी उम्मेदवारहरूबीच छलफल सुरु गरेपछि निर्वाचन समितिले आइतबार बिहान १० बजेसम्मका लागि निर्वाचनका काम स्थगित गरेको सूचना जारी गरेको थियो ।

निर्वाचनका बाँकी काम लर्ड पार्टी भेन्यू, धुम्बाराहीमा हुने निर्वाचन समितिले जनाएको छ ।

मञ्चको उपाध्यक्षमा मदन पौडेल, महासचिवमा राजेन्द्र अधिकारी र सोमबहादुर तामाङ तथा उपमहासचिवमा दण्डपाणि भट्टराई ‘दिलीप’को उम्मेदवारी दर्ता भएको भए पनि सहमति गर्दा उम्मेदवारी दिएको भन्दा फरक पदमा निर्वाचित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारको नाम नै सार्वजनिक नगरिएको बताइएको छ ।

कार्यसमिति सदस्यहरू निर्विरोध भएको भए पनि नाम सार्वजनिक नगरी गोप्य नै राखिएको बताइएको छ ।

अधिवेशनको उद्घाटन गत शुक्रबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर