
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको नयाँ कार्यसमिति निर्वाचन सोमबार मात्रै हुने भएको छ । निर्वाचन समितिले छैटौँ अधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम दोस्रो संशोधन गर्दै सोमबार निर्वाचन हुने बताएको हो ।
आइतबार ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी सहमति नभएको अवस्थामा सोमबार बिहान १० बजेदेखि २ बजेसम्म निर्वाचन गराउने तयारी रहेको निर्वाचन समितिले बताएको छ ।
मञ्चमा अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिव तथा १२ जना सदस्यको निर्वाचन गरिनेछ । यस पटक अनुशासन, लेखा र निर्वाचन गरी ३ वटा आयोगको पनि निर्वाचन हुने बताइएको छ ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष जनक रावल, वैकुण्ठ प्रसाद पौडेल (वैभव) र महासचिव मिलन कट्टेल गरी ३ जनाको उम्मेदवारी परेको छ ।
खुला उपाध्यक्षमा दलवीर भण्डारी र डण्डपाणी भट्टराई (दिलीप), महिला उपाध्यक्षमा सरिता घले, महासचिवमा सोमबहादुर तामाङ (सोम लामा) र राजेन्द्र अधिकारी उम्मेदवार रहेका छन् ।
उपमहासचिवमा मोहनप्रसाद आचार्य र शिवहरि मैनाली (शितल) को उम्मेदवारी परेको छ । सचिवमा
सचिवमा राजेन्द्र बस्नेत, अर्जुन बुढा मगर, पुष्पकुमार ओली, जनक पौडेल (रोहन) सबिता राई, मदन चौलागाई, होमप्रसाद तिमिल्सिनाकाे उम्मेदवारी परेको छ ।
कार्यसमिति सदस्यमा राजेन्द्रसिंह ठगुन्ना, ओमप्रकाश गुप्ता, शुबास सुनार, जगन्नाथ अधिकारी, सुरज धिताल, रुबि लम्साल, युवराज ढकाल, विष्णुप्रसाद आचार्य, युवराज देवकोटा, रविन घिमिरे, तिलक ध्वज कट्टेल र कृष्णभक्त श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।