२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

मञ्चकाे अध्यक्षमा पुनः रावल, कार्यसमिति निर्विरोध

Nada
२०८३ साउन ३१ गते १८:५५
Shares
मञ्चकाे अध्यक्षमा पुनः रावल, कार्यसमिति निर्विरोध

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको अध्यक्षमा जनक रावल पुन: निर्वाचित भएका छन् ।  मञ्चको अधिवेशनमा अन्य उम्मेदवारहरूले आफ्नो उम्मेदवारी  फिर्ता लिएपछि रावल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । 

ncell

अध्यक्ष पदमा उम्मेदवारी दिएका वैकुण्ठप्रसाद पौडेल (वैभव) र निवर्तमान महासचिव मिलन कट्टेलले उम्मेदवारी फिर्ता लिए ।

खुला उपाध्यक्षमा दलवीर भण्डारी र डण्डपाणि भट्टराई (दिलीप) , महिला उपाध्यक्षमा सरिता घले निर्वाचित भए भने महासचिवमा सोम बहादुर तामाङ (सोम लामा) निर्वाचित भए । उक्त पदका उम्मेदवार राजेन्द्र अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपमहासचिवमा शिवहरि मैनाली (शितल) निर्वाचित भएका छन् । मोहनप्रसाद आचार्यले उक्त पदमा दिएको उम्मेदवारी फिर्ता लिए ।

सचिवमा अर्जुन बुढा मगर र जनक पौडेल (रोहन) निर्वाचित भए । उक्त पदमाउम्मेदवारी दिएका राजेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिए । एक सचिवपछि मनाेनीत गर्ने बताइएकाे छ ।

कार्यसमिति सदस्यमा राजेन्द्रसिंह ठगुन्ना, ओमप्रकाश गुप्ता, सुवास सुनार ,जगन नाथ अधिकारी सुरज धिताल, रुवि लम्साल, युवराज ढकाल, विष्णुप्रसाद आचार्य, युवराज देवकोटा, रविन घिमिरे तिलकध्वज कट्टेल र कृष्णभक्त श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

अध्यक्षका उम्मेदवार कट्टेलले संगठनकाे आवश्यकता महसुस गरेर उम्मेदवारी फिर्ता लिएर निर्विरोध निर्वाचन हुने वातावरण बनाएको बताए । 

ताजा खबर

सम्बन्धित खबर