–सीता शर्मा ‘शीत’
चढ्यौ अग्लो शिखरमाथि झरे हुन्थ्यो,
कुनैदिन प्रेमले यो मन भरे हुन्थ्यो ।
कुरा गर्छौ सधैँ ती जून ताराको
बनाई घर उतै डेरा सरे हुन्थ्यो ।
अहमले हुन्छ के कहिले भलो तिम्रो ?
असल, सत्कर्मको मोती छरे हुन्थ्यो ।
मनैमा स्वार्थको खेती लगायौ रे,
सुटुक्कै प्रेमजल त्यसमा परे हुन्थ्यो ।
कमलको पातमा पानी अडेजस्तै,
छ छोटो जिन्दगी बुझ्ने गरे हुन्थ्यो ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies