२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘विदेशमा रहेका नेपालीको समस्या समाधान प्रथामिकतामा’

Nada
२०८३ भदौ ४ गते ०६:२०
Shares
‘विदेशमा रहेका नेपालीको समस्या समाधान प्रथामिकतामा’

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपाली नागरिकले भोग्दै आएका समस्या समाधानलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

ncell

हाल विभिन्न देशमा नेपाली राजदूतको नियुक्ति नहुँदा द्विपक्षीय कूटनीतिकसहित श्रम कूटनीतिका काम प्रभावित भएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले नेपाली दूतावासमा राजदूत नियुक्तिका लागि प्राप्त सिफारिस तथा आवेदनमाथि आवश्यक छलफल गरी निष्कर्षमा पुग्ने चरणमा रहेको बताए ।

मन्त्री खनालले विदेशस्थित नेपाली नागरिकलाई आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउन मन्त्रालयको उपलब्ध स्रोत, साधन र क्षमताअनुसार निरन्तर काम भइरहेको जानकारी दिए ।

रिक्त कूटनीतिक पदमा नियुक्ति प्रक्रिया अघि बढ्नुका साथै विदेशमा रहेका नेपाली नागरिकको संरक्षण तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणलाई समानान्तर रूपमा अघि बढाइएको मन्त्री खनालको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको ठुलो संख्याले नेपाली कूटनीतिक नियोगहरूको अक्षमताका कारण सहज रूपमा सेवा पाउन नसकेको गुनासो गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर