२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

गौरमा सामुदायिक विवाह भवन सञ्चालनमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ ७ गते १४:४७
Shares
गौरमा सामुदायिक विवाह भवन सञ्चालनमा

रौतहट : गौर नगरपालिकाले वडा नम्बर २ महादेवपट्टीस्थित भगवती स्थान नजिक निर्माण गरेको गौर सामुदायिक विवाह भवन सञ्चालनमा आएको छ । नवनिर्मित भवनको आइतबार एक समारोहबीच नगर प्रमुख शम्भु साहले उद्घाटन गरेका हुन् ।

ncell

२०७९ साल मंसिर २९ गते शिलान्यास गरिएको विवाह भवनको निर्माण सम्पन्न भएपछि आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा स्थानीय वडाध्यक्ष, ज्येष्ठ नागरिक, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख साहले सार्वजनिक संरचनाको निर्माणसँगै त्यसको उपयोग आम नागरिकले सहज रूपमा गर्न पाउनुपर्ने बताए । उनले गौर नगरपालिकाको विकासको आधार ‘सबैको साथ, सबैको विकास र गरीबदेखि धनीसम्मको सम्मान’ रहेको उल्लेख गर्दै स्थानीय तहबाट निर्माण हुने पूर्वाधारले समाजका सबै वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउनुपर्नेमा जोड दिए ।

नगर प्रमुख साहका अनुसार सामुदायिक विवाह भवन सञ्चालनमा आएपछि गौरका गरीब, विपन्न तथा मध्यमवर्गीय परिवारलाई विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज हुनेछ । महँगा पार्टी प्यालेस तथा अन्य निजी स्थलमा ठूलो रकम खर्च गर्नुपर्ने बाध्यता कम हुने उनको भनाइ छ ।

No description available.

उनले सामुदायिक विवाह भवनलाई समावेशी विकासको उदाहरणका रूपमा व्याख्या गर्दै विपन्न परिवारले पनि आर्थिक बोझ नथपिई आफ्ना पारिवारिक तथा सामाजिक समारोह सम्मानपूर्वक आयोजना गर्न सक्ने बताए ।

आफ्नो कार्यकालमा भएका भौतिक तथा सामाजिक पूर्वाधारका काम नगरवासीका अगाडि स्पष्ट रहेको उल्लेख गर्दै साहले गौर नगरपालिकाले पूर्वाधार निर्माणसँगै प्रशासनिक सुशासनको क्षेत्रमा समेत उल्लेख्य प्रगति गरेको दाबी गरे । विगतमा भएका काम र वर्तमान नेतृत्वमा भइरहेका विकासको वस्तुनिष्ठ मूल्यांकन गर्ने अधिकार जनतामै रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिक तथा बुद्धिजीवीहरूले सामुदायिक विवाह भवन निर्माणसँगै स्थानीयवासीलाई विवाह तथा अन्य मांगलिक कार्यक्रमका लागि महँगा पार्टी प्यालेस वा निजी स्थलमा निर्भर हुनुपर्ने अवस्था केही हदसम्म अन्त्य हुने बताएका थिए । उनीहरूले स्थानीय आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखेर सार्वजनिक संरचना निर्माण गरेको भन्दै नगरपालिकाको प्रशंसा गरेका थिए ।

सामुदायिक विवाह भवन सञ्चालनमा आएपछि गौर नगरपालिका क्षेत्रका सर्वसाधारणले विवाह, व्रतबन्ध तथा अन्य सामाजिक–सांस्कृतिक कार्यक्रमका लागि उक्त भवन प्रयोग गर्न सक्ने भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर