
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितहरूको सहयोगका लागि सान नेपाल प्रा.लि.ले २ लाख ११ हजार १ सय १० रुपैयाँ प्रदान गरेको छ ।
उक्त कम्पनीका अध्यक्ष नवलकिशोर यादवले दैवी विपत्ति, प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्दै आएको बताए ।
विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उक्त कम्पनीले विपत्तिको यस कठिन परिस्थितिमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवं विश्व समुदायलाई मानवीय सहयोगका लागि अगाडि आउन र बाढीपीडितहरूको साथमा उभिन आग्रह गरेको छ ।