पाँचथरका स्थानीय बासिन्दा राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जना स्रोता÷दर्शकमाझ पस्किँदै आइरहेका छन् रोशन वान्तवा राई । उनले आफ्ना समधुर संगीत मार्फत स्रोता÷दर्शकको औधि माया पाउन सफल भएको छ । जीवन र संगीतलाई एक अर्काका परिपुरक ठान्ने उनी जीवन भएर नै संगीतको औचित्य रहेको र संगीत भएर नै जीवनको सार रहेको बताउँछन् । नेपाली सांगीतिक फाँटमा आफूलाई अग्रस्थानमा राख्न सफल रोशनले भाषाभाषीका गीत, लोक, आधुनिक र चलचित्रमा गरेर ६०० भन्दा बढीमा संगीत सिर्जना गरिसकेका छन् । ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत सयौं उनका गीत लोकप्रिय रहेका छन् । रोशनले चलचित्रमा पाश्र्व संगीतका साथै चलचित्रका गीतमा संगीत सिर्जना गरेका छन् । वेष्टर्न क्लासिक गिटारिष्टमा ग्राजुएट गरेका रोशनले काठमाडौंको भोटाहिटीमा संगीत स्कुल खोलेर धेरैलाई यस सम्बन्धी प्रशिक्षण पनि दिइरहेका छन् । उनका ‘गिटार सोलुसन’ तीन भागमा पाठकमाझ रहेको छ भने किबोर्ड गाइड, गिबोर्ड गाइड पनि पाठकमाझ आएको छ । यस्तै लोकप्रिय गीत तथा कर्ड सङ्ग्रह हिन्दी, नेपाली र अङ्ग्रेजीमा प्रकाशित छन् उनका । गीत संगीतको फाटमा रहेर उनले पु¥याएको योगदान स्वरुप उनलाई थ्रप्रै मान सम्मान र अवार्ड प्राप्त भएका छन् । उनलाई हालैमात्र ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’को अवार्ड प्रदान गरिएको छ । नेपाली गीत संगीतको फाँटमा ओहरात्र खटिएर यसको श्रीवृद्धिमा लागिरहेका रोशन वान्तवा राईले मध्यान्ह दैनिका लागि सानु श्रेष्ठसँग गरेको कुराकानी :
यहाँको दिनचर्या कसरी अघि बढिरहेको छ ?
गीत संगीतकै क्षेत्रमा पूर्णकालीन भएर यसैमा समर्पित भएर लागेको हुनाले यससम्बन्धित कार्यमा आफूलाई तिल्लन बनाउँदै आएको छु । गीत–संगीतमै आफूलाई व्यस्त बनाइराखेको छु । पछिल्लो समय केही चलचित्रका गीतहरूको काम गरिरहेको छु । यस्तै आफ्ना केही व्यक्तिगत कार्य र केही सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएको छु ।
यो क्षेत्रमा कसरी आउनुभयो र कहिलेदेखि हुनुहुन्छ ?
म २०५६ सालयता लगातार संगीत क्षेत्रमै काम गरिरहेको छु । घरमा दाइ गीतारिष्ट हुनुहुन्थ्यो । गीतार, हार्मोनियम, मादल, बाँसुरी घरमै हुन्थ्यो र स्कुलमा पनि सांगीतिक माहोल थियो । सायद त्यही वातावरणले यस क्षेत्रमा डो¥याएर ल्याएको हुनुपर्छ ।
कतिको चुनौती छ यो क्षेत्रमा ?
यो क्षेत्र चुनौती र अवसर दुवैले भरिपूर्ण छ । नाम र दाम दुवै छ । यसका लागि सिर्जनशील र कडा मिहिनेत जरुरी छ ।
यहाँले कतिजति गीतमा संगीत भर्नुभयो ?
अहिलेसम्म आउँदा ६०० भन्दा बढी गीतमा संगीत भरिसकें । जस्तो ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’लगायत रहेका छन् ।
यस क्षेत्रलाई अझ समृद्ध तुल्याउन के–कस्ता पहल आवश्यक देख्नुहुन्छ ?
नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाउन पहिलो कुरा नेपाली साहित्यमा आमूल परिवर्तन गर्नुपर्छ । किनकि साहित्यबिना संगीत बन्दैन । मिठो मिठो शब्द, शैलीको अभाव छ र यसपछि गायकगायिकामा निखारपन चाहिन्छ । धेरै रियाज गर्नुपर्छ । सिक्नुप¥यो । त्यसपछि संगीतकारहरूले पनि मौलिक र मसालेदार सिर्जना गर्नु आवश्यक देख्छु । साथै एरेन्जमेन्टको प्याट्रनलाई अझ सिर्जनात्मक बनाउँदै लानुपर्छ ।
आफ्नौ संगीत विद्यालय खोलेर पनि प्रशिक्षण दिइरहनुभएको छ, यहाँसँग अहिलेसम्म क–कसले प्रशिक्षण लिनुभएको छ ?
संगीत विद्यालय खोलेर नेपालमा धेरैले प्रशिक्षण लिनुभएको छ । म आफैँ पनि गीतार धेरै वर्षसम्म सिकेको मान्छे । चर्चित नामहरूमा आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धिरज राईलगायतका चर्चित कलाकारहरूलाई पनि संगीत प्रशिक्षण दिने अवसर मिलेको थियो ।
अहिलेको गीतसंगीतलाई कस्तो पाउनुहुन्छ ?
नेपाली गीतसंगीत विविधताले भरिपूर्ण छ । पूर्वमा हाकपारे, लैवरी, मारुनी, पालाम, मध्यमा सेलो, काठे भाकादेखि पश्चिममा रोधी हुँदै देउडा भाकाले भरिपूर्ण छ । तर, यी आफ्ना मौलिक भाकाहरूको प्रशस्त खोज अनुसन्धान र सम्वद्र्धन हुन अझै सकेको छैन । हामी पप, रक, ¥याप र सुगम संगीतलाई नै धेरै लगानी र सम्वद्र्धन गरिरहेका छौं ।
यहाँका केही पुस्तक पनि पाठकमाझ आएका छन् नि ?
हजुर मैले गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू लेखेको छु । धेरैलाई यी पुस्तक निकै उपयोगी भएको मैले पाएको छु । यी किताबको व्यावसायिक सफलताले पनि राम्रै भयो । अहिले धेरैजसो म्युजिकल इन्स्टिच्युट र स्कुलहरूमा मेरा किताबबाट प्रशिक्षण दिइन्छ ।
यो क्षेत्रले के दियो र के गुमाएजस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर सन्तुष्टि मिलेको छ । धेरै थोरै परिचय प्राप्त भएको छ र व्यावसायिकरूपमा पनि सन्तुष्ट नै छु र मैले गुमाएको चाहिँ पढाइ गुमाएँ, बिबिएस पढ्दा पढ्दै यतातिर पूर्णरूपमा संलग्न हुन पुगें ।
जीवन र संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवन र संगीत एकापसमा सम्बन्धित छन् । स्वस्थ जीवनयापनका लागि संगीत चाहिन्छ । संगीतबिनाको कुनै पनि उत्सव, महोत्सव अधुरो छ । बुढाबुढीलाई भजनका रूपमा पनि संगीतले साथ दिइराखेको छ । बच्चाहरूलाई, बिहेमा, चाडपर्व, पिकनिक आदिमा संगीत नै चाहिन्छ । संगीत जीवनको एउटा पाटो हो ।
यहाँको भविष्यको योजना ?
मेरा योजनाहरू अझै उत्कृष्ट संगीत सिर्जना गर्दै नेपाली दर्शकश्रोताको मन जित्दै जाने र यस क्षेत्रमा आउन चाहनेहरूका लागि भरपर्दो प्लेटफर्मको निर्माण गर्दै जाने छ ।
अन्त्यमा ?
हामी हाम्रो भाषा, साहित्य कला संस्कृतमा वैभव छौ । हामीले हाम्रो आफ्नो पहिचान चिन्न आवश्यक छ । पूर्वदेखि पश्च्मिसम्म र उत्तरदेखि दक्षिणसम्म हामीमा रहेको गीत संगीतको भण्डारलाई उजागर गर्न आवश्यक छ । यसको खोज अनुसन्धानमा लाग्नु जरुरी छ । यो बसाई र संवादका लागि यहाँ र यहाँको लोकप्रिय दैनिक मध्यान्ह दैनिकप्रति आभारी छु ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies