२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

क्यूभीसी र बायोमेट्रिक मेडिकल सबै प्रदेशमा

shivam cement
२०८१ साउन ३१ गते ०६:३०
Shares
क्यूभीसी र बायोमेट्रिक मेडिकल सबै प्रदेशमा

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सरकारले वैदेशिक रोजगारको श्रम स्वीकृतिलाई पूर्ण विकेन्द्रीकरण गर्ने लक्ष्य लिएको बताएका छन् ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि वैदेशिक रोजगारलाई विकेन्द्रीकरण गर्न जरुरी भएको बताउँदै मन्त्री भण्डारीले भने, ‘काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ४८ लाख यात्रुलाई सेवा दिने क्षमता भएपनि हाल ९८ लाख यात्रु पुगेकाले भैरहवा र पोखरामम बजेट एयरलाइन्स अवतरणको निर्णय भएको छ ।’

मन्त्री भण्डारीले क्यूभीसीसहित पीडीओडी तालिम संस्था र श्रम कार्यालय पनि स्थापना हुने बताएका छन् । उनले भने, ‘सरकारले ती विमानस्थलबाट उडान गर्नेलाई करमा पनि छुटको घोषणा गरेकोे छ । श्रम स्वीकृति पूर्णरुपमा अनलाइन हुन्छ, तपाईंहरु पनि तत्कालै आफ्ना म्यानपावर कम्पनीको शाखा कार्यालय खोल्न शुरु गर्नुहोस् ।’

ADV

ताजा खबर

सम्बन्धित खबर