२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

शक्ति चन्दको ‘निद्रा मिठो उठ्ने बेलैको’ तिज गीत सार्वजनिक (भिडियोसहित)

ADV
कुलेन्द्र शाही
२०८१ साउन ३१ गते १२:१०
शक्ति चन्दको ‘निद्रा मिठो उठ्ने बेलैको’ तिज गीत सार्वजनिक (भिडियोसहित)

सुर्खेत : हिन्दु महिलाहरूको पर्व तिज नजिकिएसँगै तिज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । योसँगै सल्यानमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका चर्चित गायक शक्ति चन्दको ‘निद्रा मिठो उठ्ने बेलैको’ बोलको तिज गीत सार्वजनिक भएको छ । शक्ति चन्द र विमला बुढाथोकीको स्वर रहेको गीतको लय शब्द गायक चन्दले नै गरेका हुन् ।

शक्ति चन्द नामक युट्युब च्यानलबाट उक्त गीत बिहीबार सार्वजनिक भएको हो । डाइनामिक स्टुडियोमा रेकर्ड भएको गीतलाई बिमल छिनालले एरेन्ज र मिक्सिङ गरेका छन् भने गीतको भिडियोमा सञ्चिता बोलाखि र रायन बस्यालको अभिनय तथा नृत्य रहेको छ । रायन बस्यालले निर्देशन गरेको उक्त गीतको भिडियोको इडिट तथा कलर राजकुमार मगरले गरेका छन् । 

गायक चन्द पछिल्लो समय निकै चर्चामा छन् । चन्दले २०६३ सालबाट कलाकारिता क्षेत्र अंगालेका थिए । उनले शुरुमा २०६३ सालमा ‘जब धुर्वतारा झैं’भन्ने गीतमा स्वर दिएका थिए । उनले हालसम्म १ सय ५० भन्दा बढी गीत गाइसकेका छन् । उनले विशेष त सिँगारु, टप्पा गीतहरूमा स्वर दिने गरेका छन् । उनी मध्यपश्चिम आफ्नै गाउँ ठाउँमा चलेको मौलिक सिँगारु, टप्पा गीतहरू गाउन मन पराउने कलाकार हुन् । उनले हालसम्म ७ वटाभन्दा बढी अवार्ड समेत पाइसकेका छन् । उनी इतिहास राख्नका लागि पनि कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेको बताउँछन् ।


ADVADV

सम्बन्धित खबर

Advertise