२०८३ कार्तिक ५ गते बिहिवार / Oct 22 , 2026 , Thursday
२०८३ कार्तिक ५ गते बिहिवार

‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, जगदम्बा-श्री किरण खरेललाई

Nada
२०८३ भदौ २१ गते १६:४६
Shares
‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं : मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

ncell

त्यसैगरी, छ दशकदेखि गीत लेखनमा निरन्तर समर्पित गीतकार किरण खरेल लाई यस वर्षको जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो । 

uae

ताजा खबर

सम्बन्धित खबर