२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम

Nada
२०८३ साउन १० गते १९:१०
Shares
आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा शुभचन्द्र राई प्रथम

काठमाडौं : साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुला ‘आरुष–टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ मा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन् ।

ncell

प्रतियोगितामा मकवानपुरका तुलसी घिमिरे द्वितीय र भरतपुरका परिवेश मुन्द्रे तृतीय भएका छन् । त्यसैगरी उत्कृष्ट पाँचभित्र सिन्धुलीका रमेश दाहाल र काठमाडौंकी संगीता खरेल पर्न सफल भएका छन् ।

वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा गठित निर्णायक समितिले नतिजा सार्वजनिक गरेको हो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय विजेताले क्रमशः रु. ३०,०००, रु. २०,००० र रु. १०,००० नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २५ कविलाई पनि प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगितामा कुल १०८ वटा कविता प्राप्त भएका थिए। तीमध्ये उत्कृष्ट २५ कविता यसअघि नै सार्वजनिक गरिएको थियो ।

उत्कृष्ट २५ कविताको सूचीमा क्रमशः जागौँ वीर युवा (विपेन आदिमा), जेनजीबहादुर (सुनिता अधिकारी), कवितामा देश (तुलसी घिमिरे), ‘प्रेमका परम गणितहरू (गुञ्जन राई), आवाजहरूको विद्रोह (संगीता खरेल), मुखौटाहरूको महोत्सव (रमेश दाहाल), बलिदानीहरूको आवाज (सरस्वती विश्वकर्मा ‘सारा’), स्वाभिमान (‘प्यासी’), गाउँ जाने बाटो (मदन घिमिरे), मान्छे हरायो (किरण विश्वकर्मा), सहर अब सहर होइन (अञ्चु सुवेदी), के गर्व गर्नु छ? (गोपाल खनाल),‘शून्यहरूको आत्मकथा अनन्तसम्म (राजु उवरकोटी), फूलकुमारी (सरिता जोशी), भित्तेपात्रोहरू (मोहित जोशी), म र झोला (मनिभक्त राई), के म नेपाली होइन र? (कंडेल), क्षमायाचना (सुरज पराजुली), जेनजेड पुस्तासँग प्रकृति र वातावरण संरक्षणका कुरा (माधवहरि पौडेल), मैले कविता लेख्न सकेको छैन (परिवेश मुन्द्रे), मान्छे : एक अनन्त अन्वेषण (इन्द्रप्रसाद गोतामे ‘जगतजंग’), परिवर्तन (शून्य नयन), युवालाई आह्वान (सुशील पौडेल), एकलव्यको दोस्रो प्रहार (शुभचन्द्र राई) र लग्दै छ वृद्धाश्रम (निशा काफ्ले) रहेका छन् ।

प्रतियोगिताका लागि अमेरिकामा बसोबास गर्दै आएकी समाजसेवी सपना राउतले पुरस्कार रकम प्रायोजन गरेकी हुन् । संघले प्रतियोगिताका लागि समसामयिक विषयमा आधारित, अप्रकाशित तथा ४० वर्ष उमेर ननाघेका स्रष्टाका कविता मात्र स्वीकार गर्ने सर्त राखेको थियो । 

कविता बुझाउने अन्तिम मिति २०८२ पुस मसान्त तोकिएको थियो । साहित्यिक पत्रकार संघले यसअघि निबन्ध प्रतियोगिता पनि आयोजना गरिसकेको छ ।

ताजा खबर

सम्बन्धित खबर