२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १५:१८
मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

काठमाडौँ : चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय चलचित्रकर्मी दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन मोफसल पुग्ने गरेका छन् । 

यही क्रममा प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ को प्रतिक्रिया लिन र दर्शकसँग साक्षात्कार गर्न निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइलीसहितको समूह मोफसल पुगेको छ । 

शनिबार चितवनदेखि सुरू भएको मोफसल यात्रा आज पोखराका दर्शकसँग भेटघाट गर्दै सकिने निर्देशक राउतले बताए । उनले भने, “हाम्रो प्रचार काठमाडौँ उपत्यका केन्द्रित भइरहेको हुन्छ, हामीले पनि उपत्यकाका दर्शक भेटघाट गरेपछि मोफसलमा निस्किएका छौँ, यस्ता गतिविधिले बजार बढाउन मदत गर्छ भन्नेमा विश्वस्त छौँ”, निर्देशक राउतले भने । 

चितवनका दर्शक भेटेपछि अभिनेता सिग्देलले चलचित्र चेतना बढेको महशुस गरे । “हामीले चलचित्रका बारेमा पाइरहेको प्रतिक्रियाले आगामी दिनमा काम गर्न दिशानिर्देश गर्छ, दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन पाउँदा उत्साहित छु”, अभिनेता सिग्देलले भने । 

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गर्नुभएको चलचित्रमा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाइएको छ । विकास सुवेदीले लेखेको चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । 

ADVADV

सम्बन्धित खबर

Advertise