२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

हवाई भाडा चर्को बढेपछि विदेश जाने कामदार मारमा

draupadi film
२०८१ साउन ३२ गते ०६:३५
हवाई भाडा चर्को बढेपछि विदेश जाने कामदार मारमा

काठमाडौं : अन्तर्राष्ट्रिय उडानको भाडा अस्वभाविकरुपमा बढेपछि वैदेशिक रोजगारीमा जाने कामदारमाथि चर्का आर्थिक भार थपिएको छ । पर्यटन सिजन बढ्दै जाँदा हवाई भाडा अस्वभाविकरुपम बढेपछि  यूएई, कतार र साउदी अरबियालगायतका देशमा जाने नेपाली कामदार मारमा परेको  वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

टिकटको मूल्य अस्वभाविकरुपमा बढेपछि व्यवसायीले कोरोना संक्रमणपछि वैदेशिक  रोजगारमा नेपाली कामदार पठाउँदा लागेको खर्चको स्मरण गराएको टिप्पणी गरेका छन् । त्यतिबेला हवाई  टिकट लिँदा क्वारन्टीनका लागि एक लाखभन्दा बढी र टिकटका लागि ७० हजार र समग्रमा एक लाख ९० हजारको हाराहारीमा टिकट खर्च आउने गरेको थियो । कुनै समय १७ देखि २२ हजार पर्ने यूएईको एकतर्फी टिकटका लागि हाल ५० हजार नाघेको  व्यवसायीहरु बताउँछन् ।

हवाई टिकटको समस्याले कामदार जान नपाएको बारेमा व्यवसायीहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएका छन् । एजेन्सीको नाममा सिट बुक गरेर ब्लक गर्ने, होल्ड गर्ने गरिएका कारणले हवाई भाडा स्वतः महँगो भएको निष्कर्ष निकाल्दै सरकारले हस्तक्षेप गरेर सहज बनाउनुपर्ने व्यवसायीहरुको भनाइ छ ।

हवाई टिकट अनावश्यकरुपमा महँगो भएपछि शून्य लागतमा कामदार लैजाने रोजगारदाताहरु चिढिने, लागत बढी भए नेपाली कामदार लिने रोजगारदाता अन्यत्र डाइभर्ट हुने खतरा रहेकोे व्यवसायीहरुको भनाइ छ । भारतबाट यूएई जान १६ हजार भारतीय रुपैयाँ करिब २५ हजार रुपैयाँ लाग्ने र नेपालबाट उडान भर्दा सोही टिकटलाई ४७ हजार रुपैयाँसम्म परेको व्यवसायीहरुले बताएका छन् ।

यसअघि हवाई भाडा साविकको भन्दा अस्वभाविकरुपमा बढेको भन्दै  नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गर्ने गरेको थियो तर यसपटक भाडा दुई गुणा बढी हुँदा पनि त्यसको सम्बोधनका लागि छानबिन अघि नबढाइएको वैदेशिक रोजगार व्यवसायीहरुको गुनासो छ । 

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अस्वभाविकरुपमा बढेको हवाई टिकटको बारेमा छानबिन गर्ने आश्वासन दिएका छन् । तर अन्तर्राष्ट्रिय उडानमा बजारको माग र आपूर्तिको अवस्थाले भाडदर निश्चित हुने नभएपनि जिएसए लिएकाहरुले एकतर्फीरुपमा भाडा बढाएको व्यवसायीहरुको निष्कर्ष छ ।

ADV

सम्बन्धित खबर

Advertise