२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

राष्ट्रपति पौडेल संविधान दिवसमा आयोजित विशेष समारोहमा सहभागी 

Nada
२०८३ असोज ३ गते १२:०७
Shares
राष्ट्रपति पौडेल संविधान दिवसमा आयोजित विशेष समारोहमा सहभागी 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । 

ncell

विशेष समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए । सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो । 

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सुरक्षा अङ्गका प्रमुख, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभाव सहभागी थिए । 

ताजा खबर

सम्बन्धित खबर