२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रास्वपाको सचिवालय बैठक जारी, समसामयिक विषयमा छलफल

Nada
२०८३ असोज ४ गते १३:१९
Shares
रास्वपाको सचिवालय बैठक जारी, समसामयिक विषयमा छलफल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसिरहेको हो ।

ncell

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा मुलुकको पछिल्लो समसामयिक तथा राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बसिरहेको जनाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिसँगै रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित विपद्का विषयमा पनि छलफल हुने बताइएको छ ।

बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत वितरण र पुन:स्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा पार्टीको धारणा तथा आगामी भूमिकाबारे बैठकमा छलफल हुने जनाइएको छ ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी छन् । सरकारी निकायले खोज–उद्धार, राहत, पुन:स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका काम अघि बढाइरहेका छन् ।

रास्वपाले यसअघि पनि बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका विषयलाई पार्टीका बैठकमा प्राथमिकताका साथ उठाउँदै आएको छ ।

सम्बन्धित खबर