२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

संघद्वारा वैदेशिक रोजगार क्षेत्रका प्रमुख ६ विषयमा संसदीय समितिको ध्यानाकर्षण

ADV
२०८१ भदौ १ गते ०६:४०
संघद्वारा वैदेशिक रोजगार क्षेत्रका प्रमुख ६ विषयमा संसदीय समितिको ध्यानाकर्षण

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका प्रमुख ६ वटा विषयमा प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको संघ प्रतिनिधिमण्डलले शुक्रबार समग्र वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सेवा शुल्क तथा कामदारको दायित्व तथा लागत निर्धारण, मागपत्र प्रमाणीकरण, संख्या सय समस्याको पूर्णकालीन अन्त्य, वैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष संशोधन र महिला कामदार पठाउन रहेको समस्या समाधानका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उचित निर्देशन दिन आग्रह गरेको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

यसका अतिरिक्त वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान अभिमुखिकीकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारबाही, श्रमसँग सम्बन्धित कानून समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको  तयारी र हवाई टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा ईपीएस मार्फत दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि पनि छलफल भएको समितिले जनाएको छ ।

छलफलमा श्रममन्त्री शरतसिंह भण्डारीसहित सचिव मुकुन्द निरौला पनि सहभागी रहेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise