२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सोलुखुम्बुमा भीषण बाढी : उजाडियो थामे गाउँ

ADV
शिव विक
२०८१ भदौ १ गते ०६:५५
सोलुखुम्बुमा भीषण बाढी : उजाडियो थामे गाउँ

काठमाडौं : भीषण बाढीले सोलुखुम्बुको थामे गाउँ कुरुप बनाएको छ । नेपाल प्रहरीका अनुसार दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो बाढी गएको हो । बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने पर्यटकीय गाउँ थामे नराम्ररी प्रभावित भएको छ । 

स्थानीयका अनुसार केही दिनदेखि वर्षा भइसकेको थियो । शुक्रबर दिउँसो एक्कासी ठूलो बाढी आएको हो । माथिल्लो भेगमा रहेको ताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

थामे खोलाको बाढीले गाउँ डुबानमा परेको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार विद्यालय, पाँच वटा होटल र एउटा क्लिनिक क्षतिग्रस्त भएको छ । 

थामे पर्यटकीय क्षेत्र हो । अहिले अफ सिजन भएका त्यस क्षेत्रका होटलमा कुरुवाहरु मात्रै थिए । प्रहरीका अनुसार थामेमा ५० बढी रहेका छन् । अफ सिजनमा थामेका होटल सञ्चालकहरु कुरुवा राखेर काठमाडौँमा बस्ने गर्दछन् । यसकारण कुरुवाहरु मात्रै प्रभावित भएका हुन् । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार बाढीमा परि एक जना बेपत्ता भएका छन् । २० वटा घरहरु बगाएको छ । अन्य भौतिक संरचनामा क्षति पु¥याएको छ । उनका अनुसार २ वटा होस्टेल, एक विद्यालय भवन र एक क्लिनिक बाढीले बगाएको छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे हिमताल फुटेको हो वा हिम पहिरो आएको हो भन्ने एकिन भएको छैन । 

उनले भनेका छन्, ‘ हिमताल फुटेको हो वा हिम पहिरो आएको हो भन्ने एकिन भएको छैन ।’

स्याटेलाइटबाट हेर्दा समेत कमजोर भिजिवलिटिका कारण अवस्था एकिन गर्न सकिएको छैन । 

स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाका सबै व्यवस्था मिलाएको छ । 

आज शनिबारदेखि विज्ञसहितको टोलीले थामे खोलामा गएको बाढीबारे अध्ययन गर्नेछ । 

राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोलीले अध्ययन गर्न लागेको हो ।

टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको बताइएको छ । बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले बाढीको स्रोत पत्ता लगाउनेछ ।

हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निक्र्योल गर्न विज्ञहरुको टोलीले अध्ययन गर्न लागेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise