२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

कांग्रेस महाधिवेशन : प्रकाश कोइरालाद्वारा कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिवमा उम्मेदवारी

Nada
२०८३ असोज १२ गते १२:३६
Shares
कांग्रेस महाधिवेशन : प्रकाश कोइरालाद्वारा कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिवमा उम्मेदवारी

काठमाडौं : पोखरा महानगरपालिका वडा नं. ४ को वडा सदस्यमा अत्यधिक मतसहित निर्वाचित प्रकाश कोइराला अब नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी लिएर अगाडि बढेका छन् ।

ncell

स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै जनतासँग प्रत्यक्ष जोडिएर हासिल गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

युवालाई अवसर, उद्यमलाई प्रोत्साहन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अभियानलाई आफ्नो मूल एजेन्डा बनाएका कोइरालाले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउने तथा युवाहरूको सक्रिय सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।

ताजा खबर

सम्बन्धित खबर