२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

म्याग्दी बाढी-पहिरोपीडितलाई मोना जापानको पाँच लाख सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज १२ गते २०:२८
Shares
म्याग्दी बाढी-पहिरोपीडितलाई मोना जापानको पाँच लाख सहयोग

दोहा, कतार : लगातार परेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित म्याग्दीका पीडितको राहत तथा उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मोना जापानको सोमबार बसेको कार्यसमिति बैठकले आफ्नो कोषबाट प्रारम्भिक चरणमा पाँच लाख रुपैयाँ मोना मोना अन्तर्राष्ट्रियको खातामा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष गणेश श्रेष्ठले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ncell

मोना अन्तर्राष्ट्रियसँग थप समन्वयको जिम्मेवारी मोना जापानका उपाध्यक्ष सागर कार्कीलाई दिइएको मोना जापानले जनाएको छ ।

मोना जापानले म्याग्दीमा प्राकृतिक विपत्तिका साथै विभिन्न समयमा आवश्यकताअनुसार सामाजिक तथा मानवीय सहयोग गर्दै आएको छ । यसअघि रसुवामा गएको बाढीपहिरोबाट प्रभावितका लागि पनि मोना जापानले आर्थिक सहयोग गरेको थियो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण बाढीपहिरोमा परी जिल्लामा ६ जनाको मृत्यु र तीन जना बेपत्ता भएको पुष्टि गरेको छ । मृत्यु हुनेमा अन्नपूर्ण–३ का शीलकुमारी पाईजा र योगमाया पाईजा, अन्नपूर्ण–८ का सविन गर्बुजा, मालिका–३ का चिरन पुन र देवबहादुर पुन तथा अन्नपूर्ण–६ की पाँच वर्षीया जेनी पुर्जा रहेका छन् ।

प्रशासनका अनुसार अन्नपूर्ण–८ का मनोज गर्बुजा, बेनी–३ की कुमारी विक र अन्नपूर्ण–६ का ओमबहादुर तिलिजा अझै बेपत्ता छन् । मोना जापानले म्याग्दीमा प्राकृतिक विपत्तिका साथै विभिन्न समयमा सामाजिक तथा मानवीय सहयोग गर्दै आएको छ । यसअघि रसुवाको बाढीपहिरोबाट प्रभावितका लागि समेत मोना जापानले राहत सहयोग गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर