२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कतारमा भिटेनले दिए दमदार प्रस्तुति

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ १ गते २०:१४
कतारमा भिटेनले दिए दमदार प्रस्तुति

दोहा, कतार : चर्चित र्‍यापर भिटेनले कतारमा आफ्नो प्रस्तुति दिएका छन् । भिटेनले दोहाको टोयोटा सिङ्गल नजिक रहेको ‘इन्फिनिटी क्लब’मा बिहीबार राति प्रस्तुति दिए । उनी प्रस्तुति दिँदै गर्दा निकै सरलरूपमा पेस भए । आफ्ना सबै हिट गीतहरू गाएका भिटेनले बीच–बीचमा आफ्ना जीवनका भोगाइ प्रशंसकसँग साट्दै हलमा उपस्थितलाई सकारात्मक काम गर्न सुझावसमेत दिए ।

फरक–फरक गीत संगीतको आफ्नो महत्व हुने बताउँदै र्‍यापरहरुलाई गलत नजरले हेर्ने गरेकोप्रति लक्षित गर्दै उनले आफूले पनि अरूको जीवनलाई देखेर सिक्दै अगाडि बढेको धारणा राखे । क्लबमा उपस्थित आफ्ना प्रशंसकलाई ग्याङ बनाएर मनोरञ्जन लिन आग्रह गर्दै उनले ग्याङ भनेको समूह हो, समूहले धेरै राम्रो काम गर्न सकिने हुँदा ग्याङ भन्दैमा कसैले नराम्रो बुझ्न नहुने धारणा राखे ।

बिहीबारको शो भव्यरूपमा सफल भएसँगै शुक्रवार राति पनि भिटेनले ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानी एक्स लञ्ज एन्ड बारमा प्रस्तुति दिए । बिहीबारभन्दा शुक्रबारको कार्यक्रममा दर्शक उच्च देखिए । हामी यस्तै त हो नि ब्रो, यात्रा, सिमसिमे पानी जिस्किने नानी, गल्ली सडक, चुरोट, माफ गरिदेऊ आमा, थाहा छैनलगायतका गीतहरू गाए । उनले शुक्रबार मध्यरातसम्म प्रस्तुति दिएर सकेपछि दर्शकसँग सेल्फीसमेत खिचे भने मदिरा सेवन गरेर सवारी नचलाउन आग्रह गरे । बिहीबार र शुक्रबारका दुवै कार्यक्रममा भिटेनले आफू आजभन्दा भोलि राम्रो हुन कोसिस गरिरहेको विचार राखेका थिए ।

दुवै कार्यक्रमलाई रोशन अर्याल र साना महर्जनले मिलेर सञ्चालन गरेका थिए भने सागरसहित महर्जन र अर्याललेसमेत प्रस्तुति दिएका थिए । इन्फिनिटी र अर्मानी क्लब रमेश केसी (तनहुँ) र सन्दीप भट्टराई (उदयपुर)ले मिलेर सञ्चालनमा ल्याएका हुन् । सञ्चालकहरूले पछिल्लो एक सालयता दर्जनौं कलाकार ल्याएर भव्य सांगीतिक प्रस्तुतिसहित मनोरञ्जन प्रदान गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise