२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

माधवीको स्वरमा ‘माइतै रमाइलो’ सार्वजनिक

shivam cement
२०८१ भदौ १ गते २०:२०
Shares
माधवीको स्वरमा ‘माइतै रमाइलो’ सार्वजनिक

काठमाडौं : हिन्दु महिलाहरुको महान् पर्व तिज नजिकिएसँगै यतिबेला तिजका म्युजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढेको छ । यसैक्रममा गीतकार शीतल कादम्बिनीको शब्द रचनामा ‘माइतै रमाइलो’ बोलको तिज गीत सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत, गायिका माधवी अर्यालको स्वरमा रहेको ‘माइतै रमाइलो’ गीतको भिडियोमा माइतीमा तिज मनाउँदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।

केकी अधिकारीलगायतको अभिनय रहेको मौलिक तिज गीत ‘माइतै रमाइलो’को भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् भने हरि हुमागाईंले खिचेका हुन् ।


सम्बन्धित खबर