२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

कांग्रेस विभाजन भएको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : डा. सुनिल शर्मा

Nada
२०८३ असोज १७ गते १३:२४
Shares
कांग्रेस विभाजन भएको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो हो : डा. सुनिल शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्र केही विवाद देखिए पनि कांग्रेस विभाजन नभएको दाबी गरेका छन् ।

ncell

शनिवार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै शर्माले पार्टीभित्र देखिएको विवाद समाधान गर्ने जिम्मेवारी आफूहरूको भएको बताए । महामन्त्रीमा निर्वाचित भए पार्टीभित्रको विवाद समाधानलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

शर्माले आफू ‘प्रो–कोइराला’ रहेको उल्लेख गर्दै आफू बिपीकोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएको बताए । मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको उनको भनाइ थियो ।

उनले कांग्रेसमा सामान्य विवाद र झैझगडा भइरहनुलाई लोकतान्त्रिक पार्टीको स्वाभाविक प्रक्रिया भएको बताए । पार्टीको विरासत र छवि कायम राख्न आफूले महामन्त्रीमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

सभापतिमा कसलाई समर्थन गर्ने भन्नेबारे भने शर्माले अहिले नै निर्णय सार्वजनिक गर्न नमिल्ने बताए । सभापतिका उम्मेदवार घोषणा भएपछि गत वर्षको जेन–जी आन्दोलनको भावना, युवाका विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने युवा उम्मेदवारलाई आफ्नो समर्थन रहने उनले बताए । शर्माले आफूले छुट्टै टिम नबनाउने पनि स्पष्ट पारे ।

ताजा खबर

सम्बन्धित खबर