
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ । देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो ।










