
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा जारी छ । १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा पेस हुने प्रतिवेदन र एजेन्डा अनुमोदन गर्न बैठक बसेको हो ।
बैठकले अनुमोदन गरेपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन प्रस्ताव र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।
बन्दसत्रपछि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्वाचन समितिले आज साँझ ५ बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।