२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

युरोपको नयाँ मागपत्र प्रमाणीकरण कहिले ?

draupadi film
२०८१ भदौ २ गते ०६:५५
युरोपको नयाँ मागपत्र प्रमाणीकरण कहिले ?

काठमाडौं : युरोपेली मुलुकमा रहेका नेपाली दूतावासहरूमा मागपत्र प्रमाणीकरणमा चरम उदासीनता र ढिलासुस्ती बढेको वैदेशिक रोजगार व्यवसायीको गुनासो बढेको छ । वार्षिक करिब ५० हजार नेपाली जाने आंकलन गरिएका ती देशमा कामका लागि जाने नेपाली कामदार असुरक्षित मानिने कन्सल्ट्यान्सीहरूबाट गइरहेको व्यवसायीहरू बताउँछन् ।

परम्परागत श्रम गन्तव्यका रूपमा रहेका खाडीका देश र मलेसियाको विकल्प क्रोएसिया, रोमानिया, पोर्चुगलजस्ता देशहरू रहेपनि नेपाली दूतावासहरूमा मागपत्र प्रााणीकरणको उदासीनताले असुरक्षित वैदेशिक रोजगारलाई मलजल पुगिरहेको बताइएको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्य पहिल्याउन विगतमा कार्यदल नै गठन गरेपनि दूतावासहरूको काम नगर्ने शैलीका कारण तलब र सुरक्षित श्रम अधिकारका हिसाबले राम्रो युरोपेली श्रम गन्तव्य नेपालीका लागि खेर गइरहेको गुनासो धेरै अघिदेखि रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise