२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ईश्वरी बरालको ‘माया छ कि छैन’ सार्वजनिक

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते १९:२१
ईश्वरी बरालको ‘माया छ कि छैन’ सार्वजनिक

काठमाडौं : गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहराको अभिनय रहेको छ ।

भिडियोमा गायिका बरालको पनि नृत्य र अभिनय छ । गीत श्री ईश्वरी प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

म्युजिक भिडियोको छायाँकन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको हो । भिडियोका निर्देशक मुस्कान ढकाल हुन् भने छायाँकन नवराज उप्रेतीको छ । म्युजिक भिडियोमा कोरियोग्राफी शिशिर खातीले गरेका छन् । 

शब्द, संगीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन् ।


ADVADV

सम्बन्धित खबर

Advertise