२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

श्रीमानले कराही प्रहार गर्दा श्रीमतीको मृत्यु

ADV
सपना बोहरा
२०८१ जेठ २७ गते २०:१९
श्रीमानले कराही प्रहार गर्दा श्रीमतीको मृत्यु

दाङ : दाङको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका–२, पचहिया निवासी २६ वर्षीय रन्जित चौधरीले श्रीमती कमलालाई तरकारी पकाउने कराही प्रहार गरेका थिए ।

कराही प्रहार गरी गम्भीर घाइते कमलाको क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् । 

यहि जेठ २४ गते राती करिब ९ बजे रन्जितले श्रीमतीमाथि कराही प्रहार गरेका थिए । रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise