२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विभागको नयाँ महानिर्देशकमा खत्री

ADV
२०८१ भदौ ३ गते ०६:३५
विभागको नयाँ महानिर्देशकमा खत्री

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले विभागको महानिर्देशकमा डण्डुराज घिमिरेलाई हटाएर सूर्यबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ ।

खत्री हालै गृह मन्त्रालयबाट सरुवा भएर श्रम मन्त्रालय आएका सहसचिव हुन् । खत्री यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी थिए । घिमिरे २०८० पुस १३ गते महानिर्देशकको जिम्मेवारीमा गएका थिए ।

निवर्तमान महानिर्देशक घिमिरे शुरूमा व्यवसायीका वास्तविक समस्या बुझ्ने र त्यसको व्यवहारिक समाधानका लागि स्वतस्फूर्तरूपमा अग्रसर भएपनि श्रममन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालले दोहोरिएर आएपछि व्यवहारिक भन्दा सबै विषयमा टर्रो प्रशासिनक शैली अपनाएको केही व्यवसायीहरुको टिप्पणी छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise