२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

नाबालिकामाथि यौन दुर्व्यवहार !

ADV
दिलमाया शाही
२०८१ जेठ २७ गते २१:२०
नाबालिकामाथि यौन दुर्व्यवहार !

जुम्ला : जुम्लामा पाँच वर्षीय बालिकामाथि यौन दुर्व्यवहार भएको छ । जुम्लाको गुठीचौर गाउपालिकाकी पाँच वर्षकी बालिकामाथि यही जेठ १८ गते शुक्रबार दिउँसो घर नजिकैको बारीमा ६४ वर्षका पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । स्थानीय नेताका रुपमा समेत परिचित ति पुरुषले बालिकालाई बोलाएर कपडा खोल्न लगाएको आरोप लागेको हो । यस्तो दृश्य अन्य दुई किशोरीले देखेको र बाजे, बाजे भनेर कराएपछि भागेको बताइन्छ । 

यो विषयमा स्थानीय स्तरमा छलफल भएर प्रहरीकहाँ समेत जानकारी पुगेको थियो । सूचना पाएपछि प्रहरीले पुरुषलाई नियन्त्रणमा लिएको थियो । तर, पीडितले नै करणी गरेको अस्वीकार गरेपछि छाडिएको छ ।

बालिकाका अनुसार चकलेट दिन्छु भनेर कपडा खोल्न लगाएका थिए । तर, उनले करणी भने नभएको प्रहरीलाई बयान दिएकी छन् । 

१८ गते घटना भएपछि १९ गते गाउँमै समेत छलफल भएको थियो । त्यसपछि बालिकाकी आमाले गुठीचौर प्रहरी चौकी पुगेर घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि प्रहरीले आरोपित पुरुषलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्ला पठाएको थियो । तर, आरोपित पुरुष एक रातमै छुटे । 

जुम्ला प्रहरीका अनुसार पीडित बालिकाका आमा बुवाले जाहेरी नदिएको र स्वयम देखेको भनिएका किशोरीले करणी भएको अस्वीकार गरेपछि नियन्त्रणमा लिएका व्यक्ति छुटेको बताएको छ । 

गुठीचौर ४ का वडाध्यक्ष टिका दत्त न्यौपाने प्रहरीले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएपछि आफूले घटनाबारे जानकारी पाएको बताए । प्रहरीबाट आफुलाई जानकारी भएको र आरोपित व्यक्तिलाई छोड्नका लागी रोहवरमा बस्नुहोस भन्दा अस्वीकार गरेको बताए ।

‘मैले मेरो नाम पनी नलेख्नुहोस म बालिका करणीको प्रयास, बालविवहा, बहुबिवाह जस्ता सरकार बादी मुद्दाहरुमा बस्न मिल्दैन भनेर निस्केको हुँ’ वडाध्यक्ष न्यौपानेले भने, ‘वडा सरकारको तर्फबाट कुनै गलत गर्ने ब्यक्तिलाई सजाय हुन पर्छ भन्ने पक्षमा छु ।’ 

बालिका यौन दुब्र्यवहार, करणी सम्बन्धी कसूरमा पीडित वा पीडितको परिवारलाई कुनै प्रकारको डर, धाक, धम्की दिई वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो कसूरमा उजुरी नगर्नका लागि दबाब दिन नहुने कानुनी व्यवस्था छ ।

जाहेरी नदिन वा अदालतमा उपस्थित नहुन मञ्जुर गराउन. वा कसूर गर्ने व्यक्ति र पीडित वा पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दवाब दिन वा प्रभावमा पार्न हुदैन भन्ने पनि कानुनी व्यवस्था छ । 

बालअधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्ति गरी बालबालिकाको सर्वाेत्तम हित सुनिश्चित गर्न बालबालिकासम्बन्धी ऐन २०७५ छ । ऐनमा बालबालिकामाथि हुने यौन हिंसा, यसविरुद्ध सजायको व्यवस्था पनि तोकिएको छ ।

यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा छुने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो, अरु कसैको शरीरको संवेदनशील अंग छुन, समाउन लगाउने, यौनजन्य मनसायले बेहोस पार्ने, यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई ७५ हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था छ ।

ADVADV

सम्बन्धित खबर

Advertise