२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

छठ पूजास्थल तोडफोड गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

Nada
२०८३ कार्तिक ३० गते ०९:२४
Shares
छठ पूजास्थल तोडफोड गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौँ : सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार ७:३० बजे हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजा सम्पन्न गरी भक्तजनहरू घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए ।

पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र सोही स्थानका २१ वर्षीय मोहम्मद जुहर मियाँ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीले क्षति पुगेको पूजास्थल पुनर्निर्माणका लागि सहयोग गर्न तथा धार्मिक आस्थासँग जोडिएका यस्ता कार्यमा संयमित रहन सबैमा हार्दिक अनुरोध गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर