२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मौलिक तिज गीत 'झुक्यायो बैमानीले' सार्वजनिक (भिडियोसहित)

ADV
तिलु शर्मा पौडेल
२०८१ भदौ ४ गते २०:०७
मौलिक तिज गीत 'झुक्यायो बैमानीले' सार्वजनिक (भिडियोसहित)

दोहा, कतार : हिन्दु नारीहरूको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाई लक्षित गर्दै तिज विशेष गीतहरू सार्वजनिक भइरहेका छन् । वैदेशिक रोजगारीका लागि हाल स्पेनमा रहेकी म्याग्देली सर्जक तथा गायिका सुमी घिमिरे सापकोटाले 'झुक्यायो बैमानीले' मौलिक तिज गीत आफ्नै युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरेकी छन्  ।

अविवाहित हुन्जेल माइती र प्रेमीबाट माया पाए पनि बिहेपछि पाएको धोखाधडीको कथा गीतले बोलेको छ । परापूर्वकालदेखि नै विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका दुःख सुखका अनुभूतिहरूलाई गीतको माध्यमबाट आफ्ना साथीसंगी जम्मा भएर आफ्ना दु:ख गीतमार्फत माइतीका सङ्गीसँग साट्ने चलनलाई गीतले सांस्कारिकरूपमा जुरुक्क बोकेको छ । सुमिको शब्द, हरि गिरी विमर्शीको लय र आकाश नेपालीको संगीत संयोजनमा देवी घर्ती मगरले गीतमा आवाज भरेकी छन् । प्रस्तुत गीतमा देवीको आवाज निकै निखारिएको सुन्न सकिन्छ ।

पछिल्लो समय म्युजिक भिडियोलाई कलात्मक बनाइरहेका युवा निर्देशक जेरी भण्डारीको कथा तथा निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । छोरी र श्रीमतीको भूमिकामा सञ्चिता बेलाखेको अभिनयसहित नृत्य रहेको भिडियोमा जोन बम प्रेमी तथा श्रीमानका रूपमा फिचर्ड छन् । राजेश घिमिरेले खिचेको म्युजिक भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन् ।


ADVADV

सम्बन्धित खबर

Advertise