२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

हुम्लामा बाेलेराे दुर्घटना, सात जना घाइते 

ADV
ओबराज शाही
२०८१ भदौ ५ गते १०:४०
हुम्लामा बाेलेराे दुर्घटना, सात जना घाइते 

हुम्ला : हुम्लाको चंखेली गाउँपालिका वडा न २ काे गाैरी सल्लामा बाेलेराे जिप दुर्घटना भएकाे छ ।  

चंखेलीबाट मुगुका लागि ७ जना यात्रु बाेकेकाे कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरकाे बाेलेराे जिप बिहानै दुर्घटना भएकाे चंखेली गाउँपालिका महादेव माध्यमिक विद्यालयका लेखापाल गिर्वाण शाहीले बताएका छन् ।  

लेखा पाल शाहीका अनुसार बाेलेराेमा तिल बहादुर शाही, रबिन शाही, सुरेन्द्र शाही, रमेश मल्ल, प्रिती रावत, मायादेवी शाही, र चालक महेन्द्र शाह दुर्घटनामा परेका हुन् ।  चालकसहित ७ जना सवार जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको छ ।  

उनीहरू सबैको स्थानीय स्वास्थ्य चौकीमा प्रथामिक उपचार भइरहेको छ । उद्धारकाे लागि पहल भएकाे भएपनि सफल हुन सकेकाे छैन । अहिलेसम्म प्रहरी घटना स्थलमा पुग्न सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise