२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘हरेक पल’ले मनायो रजत महोत्सव

ADV
मध्यान्ह
२०८१ भदौ ७ गते १८:४६
‘हरेक पल’ले मनायो रजत महोत्सव

काठमाडौं : डी एण्ड डी इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट हरेक बिहीबार साँझ ७ बजे प्रसारणमा आउने ‘हरेक पल’ टेलिश्रृंखलाले भदौ ६ गते अर्थात बिहीबार साँझ प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ ।

यो लोकप्रिय टेलिश्रृंखला सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको हास्य कलाकार तथा श्रृंखलाका निर्माता राजकुमार देवकोटाले बताए । 

आफूले निर्माण गरेको टेलिश्रृंखलाले २५औं श्रृंखलासम्म आइपुग्दा दर्शकबाट अपार माया पाएकोमा खुशी व्यक्त गर्दै निर्माता देवकोटाले आगामी दिनमा समेत दर्शकबाट साथ, समर्थन र माया पाउने आशा व्यक्त गरेका छन् ।

‘हरेक पल’ श्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, विनोद परियारलगायतका कलाकारले अभिनय गरेका छन् भने सुरेन्द्र थापाको लेखन, निर्देशन रहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise