२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कतारबाट सार्वजनिक गरियो तिज गीत ‘नाइँ नभने’

Nada
२०८१ भदौ ७ गते २०:४१
Shares
कतारबाट सार्वजनिक गरियो तिज गीत ‘नाइँ नभने’

दोहा, कतार : कतारमा कार्यरत श्रमिक कलाकारहरू मिलेर नयाँ तिज गीत बजारमा ल्याएका छन् । बिहीबार साँझ ‘नाइँ नभने’ बोलको गीत बजारमा ल्याएका हुन् । विदेशबाट तीन वर्षमा चाडबाड मनाउन श्रीमान स्वदेश फर्केकै बेला श्रीमती तिज मनाउन माइत जान लागेको र श्रीमानले ‘नजाउ, सँगै यतै तिज मनाउला’ भन्दै फकाएको कथा गीतले बोलेको छ ।  

ncell

प्रकाश दर्नालको शब्द संगीत र पूर्ण संयोगको संगीत संयोजनमा तयार भएको गीतमा रामजी खाँड र गुना मगरको आवाज सुन्न सकिन्छ । कतारमा नै छायाँकन गरिएको गीतमा कतारमा कार्यरत सन्ध्या अर्याल र जनक थापा मगरको केन्द्रीय भूमिका रहेको छ । म्युजिक भिडियोमा कतारमा आयोजित फिफा विश्वकपमा आफ्ना सांगीतिक प्रस्तुति दिएर वाहीवाही बटुलेका बाल कलाकारहरू दिया सिंह, आरोही थापा, प्रज्ञा निउरे, समृद्धि सापकोटा, सान्वी सापकोटा, समृद्धि भट्टराई र गुनगुन ठाकुरको समेत आकर्षक नृत्य हेर्न सकिन्छ । 

भिडियोमा सुरज खनाल, संगीत बि.सी, संगीता सुनार, सरिता खड्का, जिया हमाल, दिज्ञा सिंह, प्रतीक्षा निउरे, सुनिता शेर्पा, सोनिसा तामाङ, जुनु कुमाल, पवित्रा पाण्डे, एलिसा साम्पाङ्ग राई, तानुस्का कटुवाल, जीवन खालिङ्ग राई, सुनिल तामाङ, दान आले मगर, सुवर्ण सारू मगर र चित्र भुजेलले आफ्नो कम्मर मर्काएका छन् । 

सर्जक दर्नाल र सामुयल सुनुवार ‘साम’ले मिलेर निर्देशन गरेको भिडियोलाई जनकले कोरियोग्राफी गरेका छन् । सुनिल सुन्दासले छायाँकन गरेको भिडियोको सम्पादन मोहन सुनुवारले गरेका हुन् । गीत एचएसएस ग्रुप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट बजारमा आएको छ ।


ताजा खबर

सम्बन्धित खबर